शनिबार २३ फाल्गुण २०८२
राजनीति

म्याग्दी–१ मा डा. महाविर पुन निर्वाचित

शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26

बेनी । स्वतन्त्र उम्मेदवार डा. महाविर पुन म्याग्दी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले २२,८५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी हरिकृष्ण श्रेष्ठ ७,९१९ मतमा रोकिए।

मतगणना सकिएको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा बाँकी राखेको छ। डा. पुनले शिक्षा सुधार र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने प्रतिवद्धता लिएर चुनाव लडेका थिए।

अन्य प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ६,८८४ र नेकपा अर्जुन थापा ३,५२९ मतमा सीमित रहे। म्याग्दीमा ८६,३९७ मतदातामध्ये ४६,२१५ मत खसेको थियो।

 

तपाईको प्रतिक्रिया