राजनीति
माओवादी केन्द्र छाडेर रास्वपामा प्रवेश गरेका अन्सारी फराकिलो मतले विजयी
शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26
बारा। बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी विजयी भएका छन्। उनले ४१ हजार २०० मत प्राप्त गर्दै जीत हात पारे।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्।
यस्तै जनता समाजवादी पार्टी नेपालका सन्जुसाह कानुले ७ हजार ५९३ र नेपाली काँग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ मत प्राप्त गरेका छन्।
यसअघि नेकपा माओवादी केन्द्र छाडेर रास्वपामा प्रवेश गरेका अन्सारी मधेश प्रदेश सांसदबाट राजीनामा दिएपछि चर्चामा आएका थिए।
तपाईको प्रतिक्रिया