राजनीति
रौतहट-१ मा रास्वपाका राजेश चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा
शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26
रौतहट क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अजय गुप्तालाई १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार चौधरीले कुल २८ हजार ९४६ मत प्राप्त गरे भने गुप्ताले १० हजार ६९३ मत पाए। त्यसैगरी नेपाली कांग्रेस का उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएका छन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने ‘तारा’ चुनाव चिन्हबाट उम्मेदवारी दिँदै ७ हजार ६६९ मतसहित चौथो स्थानमा सीमित भए।
यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले ‘छाता’ चुनाव चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन्।
तपाईको प्रतिक्रिया