राजनीति
शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
आइतबार फाल्गुण २४, २०८२/ Sunday 03-08-26
काठमाडौं । श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले १६ हजार ६६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शेरधन राईले १४ हजार ७५० मत पाए। शेरधन राई हाल कोशी प्रदेशका मुख्यमन्त्रीसमेत हुन्।
त्यसैगरी नेपाली कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७० मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ मत पाए। नेपाल कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत प्राप्त गरे।
यस्तै राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ मत पाए।
यसअघि नै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१बाट तथा पार्टीका महासचिव आरेन राई खोटाङबाट निर्वाचित भइसकेका छन्।
तपाईको प्रतिक्रिया