शनिबार ३० फाल्गुण २०८२
माैसम

देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शुक्रबार फाल्गुण २९, २०८२/ Friday 03-13-26

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिकको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ।

शुक्रबार पनि कोशीसहित पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पछिल्ला दिनहरूमा पर्याप्त वर्षा हुन नसक्दा तुवाँलो बढेको भए पनि मौसम प्रणाली सक्रिय हुँदै जाँदा क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया