काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
शुक्रबार बिहान करिब ३ बजे भक्तपुरको नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उनको निधन भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार केही दिनदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओली छोरीको घरमा बस्दै आएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको पार्थिव शरीर केहीबेरमा भक्तपुरस्थित अध्यक्ष ओलीको निवास गुण्डु लगिने र आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया