शुक्रबार २९ फाल्गुण २०८२
प्रवास

विदेशमा रहेका नेपालीको उद्धारका लागि ‘सिचुएसन सेन्टर’ स्थापना गर्दै सरकार

बिहीबार फाल्गुण २८, २०८२/ Thursday 03-12-26

काठमाडौँ । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वसहित द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताएका छन्।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा रहेका नेपालीहरूको अवस्था र स्थानबारे तथ्यांक संकलन गर्न ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिए।

उनका अनुसार हाल करिब १९–२० लाख नेपाली औपचारिक रूपमा र अनौपचारिक रूपमा समेत गर्दा करिब २५–३० लाख नेपाली विदेशमा छन्। यति ठूलो संख्यामा रहेका नागरिकको उद्धारका लागि राष्ट्रियस्तरको योजना आवश्यक हुने उनले बताए।

राज्यले आफ्ना नागरिकलाई अलपत्र छाड्न नसक्ने भन्दै आवश्यक परे ठूलो संख्यामा उद्धार गर्न सरकार तयार रहेको पनि उनले स्पष्ट पारे। साथै ट्रान्जिटमा फसेका केही नेपालीको समस्या छिट्टै समाधान हुने उनले बताए।

 

तपाईको प्रतिक्रिया