शुक्रबार २९ फाल्गुण २०८२
राजनीति

सुर्खेतमा बालिकाको बलात्कारपछि हत्या: दोषीलाई कारबाहीको माग

बिहीबार फाल्गुण २८, २०८२/ Thursday 03-12-26

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कडा कारबाही गर्न विभिन्न सङ्घसंस्थाले माग गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिन आग्रह गरेका हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरी जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

उक्त बालिका ट्युसन पढ्न जाने भन्दै घरबाट निस्केकी थिइन् भने पछि सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

 

तपाईको प्रतिक्रिया