राजनीति
कैलाली–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द विजयी
शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26
कैलाली । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द ३१,९५३ मतसहित विजयी भएका छन्।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाह ११,९५८ मतसहित दोस्रो स्थानमा रहे, भने पूर्वमन्त्री एवं नेकपा उम्मेदवार प्रेमबहादुर आले ७,८७६ मतसहित तेस्रो भए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दलाई आधिकारिक रूपमा विजयी घोषणा गरेको छ।
तपाईको प्रतिक्रिया