शुक्रबार २९ फाल्गुण २०८२
समाज

सुर्खेतमा किशोरी बलात्कारपछि हत्या : सिआइबीले सुरु गर्‍यो अनुसन्धान

बिहीबार फाल्गुण २८, २०८२/ Thursday 03-12-26

सुर्खेत । १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सुर्खेत पुगेको छ। प्रहरी निरीक्षकको कमाण्डमा आएको टोलीले जिल्ला प्रहरी कार्यालयसँग मिलेर अनुसन्धानमा सघाइरहेको एसपी सुधिरराज शाहीले बताए।

गुर्भाकोट नगरपालिका–६ घर भएकी किशोरी वीरेन्द्रनगर–१ मा आमासँग बस्दै आएकी थिइन्। कक्षा–११ मा अध्ययनरत उनी फागुन २३ गते बिहान मर्निङवाकका लागि वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन गएकी थिइन्।

वनभित्र एक किशोरले जबरजस्ती करणी गरेको आरोप छ। घटनाका क्रममा अत्यधिक रक्तस्राव भएपछि उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार किशोरलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरिरहेको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया