काठमाण्डौ । लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बिमा र अन्य बाहेक सबै समूहको शेयर घटेको हो ।
सबैभन्दा धेरै बैंकिङ समूह २ प्रतिशतले बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो भने अरू तीनवटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज नेप्सेसँग कारोबार रकम पनि बढेको छ । हिजो १३ अर्ब १८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३ सय ३५ वटा कम्पनीका ४ करोड १६ लाख कित्ता शेयर १४ अर्ब ५५ करोड रुपैयामा किनबेच भएको छ ।
तपाईको प्रतिक्रिया