सोमबार १४ बैशाख २०८३
अर्थ

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। सूचक ७.७३ अंकले बढ्दै २७९६.४३ विन्दुमा बन्द भयो। यद्यपि, बजार बढे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको देखिएको छ।

अघिल्लो दिन करिब ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित रह्यो। यसदिन ३५१ वटा धितोपत्रअन्तर्गत १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको थियो।

कारोबारमा १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र सिटी होटलका सेयरमा सकारात्मक सर्किट लागेको छ।

यता निफ्रा ग्रिन इनर्जी डिबेन्चरको मूल्य सबैभन्दा धेरै घट्दै १४.०१ प्रतिशतले झरेर प्रति इकाई १,०३२ रुपैयाँमा पुगेको छ। त्यस्तै माइखोला हाइड्रोपावरको सेयर मूल्य १०.०१ प्रतिशतले घटेर ६५२ रुपैयाँमा झरेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो, जसको ३० करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा आँखुखोला जलविद्युत रहेको छ, जहाँ २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भयो।

समूहगत रूपमा हेर्दा १३ मध्ये ८ समूहको परिसूचक बढ्दा ५ समूह घटेका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी १.५२ प्रतिशतको वृद्धि देखिएको छ।

तपाईको प्रतिक्रिया