सोमबार १४ बैशाख २०८३
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। उक्त बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

उनका अनुसार बैठकका औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि सरकारका नियमित कार्यसम्पादन र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश ल्याउने विषयमा समेत बैठकमा विचार-विमर्श हुन सक्ने संकेत गरिएको छ।

तपाईको प्रतिक्रिया