काठमाडौं । तार्केश्वर नगरपालिका–८ स्थित टुसाल मल्टिभेन्यूमा हरेक आईतबार आयोजना हुँदै आएको ‘टुसाल कार्निभल’प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। सुरु गरिएको छोटो समयमै कार्निभलले राम्रो प्रतिक्रिया पाउँदै सहभागिता उल्लेखनीय रूपमा बढ्न थालेको मल्टिभेन्यूका मार्केटिङ म्यानेजर प्रिन्स तिमिल्सिनाले बताए।
आईतबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेसंगै परिवार तथा साथीभाइसँग रमाइलो र स्मरणीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्निभलमा अहिले बालबालिकादेखि युवासम्मको रुचि बढ्दो छ। लाइभ डिजे, प्रत्यक्ष सांगीतिक प्रस्तुति र विविध मनोरञ्जनात्मक गतिविधिले कार्यक्रममा थप उत्साह थपेको छ।

कार्निभलमा विभिन्न स्वादका परिकारसहितका फुड स्टल, कटन क्यान्डी, बबल टी, आइसक्रिमजस्ता बालमैत्री आकर्षण, साथै स्विमिङ पुलको सुविधा मुख्य केन्द्र बनेका छन्।

टुसाल मल्टिभेन्यूमा जिम–कार्डियो, साउना, स्टिम, ज्याकुजी, कफिसप, रेस्टुरेन्ट, बार तथा पार्टी प्यालेसजस्ता सुविधा उपलब्ध भएकाले पनि यो स्थान शनिबारको ‘हट स्पट’ बन्दै गएको छ। पछिल्लो समय यहाँ चलचित्र तथा म्युजिक भिडियो छायांकनसमेत बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया