राजनीति
गृहमन्त्रीको राजीनामा माग्ने चार जना सिंहदरबारबाट पक्राउ
मंगलबार बैशाख ८, २०८३/ Tuesday 04-21-26
काठमाडौं । पछिल्ला दिनमा विभिन्न विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरिएको छ।
विद्यार्थीहरूको एक समूहले व्यवसायी दीपक भट्टसँगको कथित साझेदारी लगायतका आरोप उठाउँदै गुरुङलाई पदबाट हटाउन माग गरेका हुन्।
प्रदर्शनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि चार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यसैबीच, विरोध भइरहँदा प्रधानमन्त्री वालेन्द्र शाहको कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। स्रोतका अनुसार बैठकमा गृहमन्त्री गुरुङसँग जोडिएका विवादबारे पनि छलफल भइरहेको छ।
तपाईको प्रतिक्रिया