सोमबार २ चैत २०८२
समाज

देशभर ‘वन डढेलो व्यवस्थापन सप्ताह’ आज देखि सुरु

आइतबार चैत १, २०८२/ Sunday 03-15-26

काठमाडौँ । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि देशभर वन डढेलो व्यवस्थापन सप्ताह सुरु भएको छ।

वन तथा वातावरण मन्त्रालयका अनुसार वन डढेलो व्यवस्थापन रणनीति २०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म यो सप्ताह मनाइँदै आएको छ। डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।

यस अवसरमा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँ ले डढेलो नियन्त्रणका लागि जनचेतना अत्यन्त आवश्यक रहेको बताउँदै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह तथा सरोकारवाला निकायलाई आ–आफ्नो क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधान का अनुसार हाल देशका अधिकांश प्रदेशमा डढेलो फैलिएको छ, विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा जोखिम बढी देखिएको छ। नेपालमा फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गर्दछ।

 

तपाईको प्रतिक्रिया