सोमबार २ चैत २०८२
राजनीति

सरकारद्वारा राष्ट्रियसभा सदस्यमा ओमप्रकाश अर्याल सिफारिस

आइतबार चैत १, २०८२/ Sunday 03-15-26

काठमाडौं । सरकारले रिक्त रहेको एक राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मी निवासी अर्याललाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमको कार्यकाल सकिएपछि राष्ट्रियसभामा एक पद रिक्त रहेको थियो। सोही रिक्त स्थानमा अर्याललाई नियुक्त गर्न सरकारले सिफारिस गरेको हो।

 

तपाईको प्रतिक्रिया