काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई आफूखुसी मन्त्रीको नाम घोषणा नगर्न निर्देशन दिएका छन्।
आइतबार धापासीस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा सहभागी हुँदै उनले विभिन्न सञ्चारमाध्यममा नेताहरूले आफू जाने मन्त्रालयबारे सार्वजनिक रूपमा बोलिरहेको विषयप्रति असन्तुष्टि जनाएका हुन्।
लामिछानेले वरिष्ठ नेता बालेन्द्र साहसँग मन्त्रालयमा पठाइने व्यक्तिबारे छलफल भइरहेको बताउँदै यसबारे बाहिर अनावश्यक टिप्पणी नगर्न नेताहरूलाई निर्देशन दिएका छन्।
उनले समानुपातिकतर्फको नामावली टुंगिएपछि एक साताभित्र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने पनि बताएका छन्। साथै, परिणाममुखी कामका लागि सम्बन्धित क्षेत्रका विषय विज्ञलाई मन्त्रालयमा पठाइने उल्लेख गरेका छन्।
तपाईको प्रतिक्रिया