मंगलबार ३ चैत २०८२
बिजनेस

विद्यार्थी र युवाका लागि ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम गर्दै

सोमबार चैत २, २०८२/ Monday 03-16-26

काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा मुलुकका सात वटै प्रदेशमा विद्यार्थी र युवालाई लक्षित गरी वित्तीय र डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको छ।

बैंकले ‘स्मार्ट मनि टक्स’ नारालाई आत्मसाथ गर्दै मार्च १६ देखि मार्च २२ सम्म आफ्ना विभिन्न शाखा कार्यालयहरूमा साप्ताहिक रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थी र युवा वर्गलाई बजेट योजना, बचत प्रवृत्ति, लगानी, बैंकिङ सेवाको प्रयोग र डिजिटल भुक्तानी प्रणालीबारे जानकारी दिने कार्यशालाहरू सञ्चालन गरिनेछन्। साथै, सहभागीहरूलाई वित्तीय निर्णय लिँदा ध्यान दिनुपर्ने उपाय र सुरक्षित आर्थिक अभ्यासका बारेमा पनि प्रशिक्षण दिइनेछ। बैंकले यस कार्यक्रममार्फत आर्थिक साक्षरतामा वृद्धि गर्दै युवामा वित्तीय जिम्मेवारी र डिजिटल दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

 

तपाईको प्रतिक्रिया