झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
विद्यापानी माध्यमिक विद्यालय को प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गर्दा मोटरसाइकलसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्का का अनुसार प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
बसमा सवार १८ जना विद्यार्थीमध्ये १३ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई उपचारका लागि मनमोहन सामुदायिक अस्पताल मा भर्ना गरिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कचनकबल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिम्सिना पनि घाइते भएका छन्। उनको मुख, टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया