काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध नेपालले रोमाञ्चक ६ रनको जित निकालेको छ।
वर्षाले प्रभावित खेलमा डकवर्थ–लेविस विधिअनुसार २५५ रनको लक्ष्य पाएको यूएई ३८ ओभरमा ८ विकेट गुमाउँदै २४८ रनमै सीमित भयो। यूएईका मुहम्मद शहदादले ६५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि त्रिवि मैदानमा नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतक प्रहार गर्दा विनोद भण्डारीले ५६ र गुल्शन झाले ४४ रन जोडे। बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए।
तपाईको प्रतिक्रिया