समाज
बालाजु–स्वयम्भूसहितका सुकुम्बासी बस्तीमा आज देखि चल्यो डोजर
शनिबार बैशाख १९, २०८३/ Saturday 05-02-26
काठमाडौं । सरकारले सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्र बनाउँदै शनिबार बालाजु, माछापोखरी र स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ। खोला किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा हटाइएको हो।
यसअघि शुक्रबार बल्खु, वंशीघाट, गोंगबु र शंखमुल क्षेत्रमा पनि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएको थियो। सरकारले चरणबद्ध रूपमा उपत्यकाका विभिन्न स्थानमा यस्तो अभियान सञ्चालन गरिरहेको छ।
यसअघि थापाथली, गैरीगाउँ र सिनामंगल क्षेत्रमा समेत सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सुकुम्बासी बस्ती खाली गराइसकेको छ।
तपाईको प्रतिक्रिया