राजनीति
बालेनको भारत भ्रमणबारे भव्य तयारी हुँदै
नेपाल आउँदै भारतीय विदेश सचिव
मंगलबार बैशाख १५, २०८३/ Tuesday 04-28-26
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी तीव्र भएको छ। भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आएर प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन्।
मोदीले यसअघि नै बालेनलाई भारत भ्रमणको निम्तो दिइसकेका थिए, जसलाई उनले स्वीकार गरेको बताइएको छ। मिस्रीको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुने र दुई देशबीचका सम्झौता कार्यान्वयनको समीक्षा पनि गरिनेछ।
मिस्रीको भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने र त्यसपछि प्रधानमन्त्री बालेनको भ्रमण मिति तय हुने बताइएको छ।
तपाईको प्रतिक्रिया