बुधबार १६ बैशाख २०८३
राजनीति

अध्यादेश फिर्ता लिन सरकारलाई विपक्षीको दबाब

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौं। वालेन्द्र शाह नेतृत्वको सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोजेको भन्दै विपक्षी दलहरूले संयुक्त रूपमा विरोध गर्ने निर्णय गरेका छन्।

प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश सिफारिस गरेपछि विपक्षी दलहरू आन्दोलित बनेका हुन्।

सिंहदरबारमा बसेको विपक्षी बैठकले अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्दै ती फिर्ता लिन सरकारलाई दबाब दिने तथा राष्ट्रपतिलाई स्वीकृत नगर्न आग्रह गर्ने निर्णय गरेको छ। साथै, तत्काल संसद् अधिवेशन बोलाउन पनि माग गरिएको छ।

विपक्षी नेताहरूले सरकारको कदमलाई स्वेच्छाचारी र संसदीय अभ्यासविपरीत भएको बताएका छन्।

 

तपाईको प्रतिक्रिया