शनिबार १९ बैशाख २०८३
समाज

जर्मनीबाट ५ हजार अमेरिकी सैनिक फिर्ता हुँदै

शनिबार बैशाख १९, २०८३/ Saturday 05-02-26

वाशिङ्टन । अमेरिकाले जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता गर्ने योजना बनाएको छ। डोनाल्ड ट्रम्प र फ्रिडरिख मर्ज बीच इरान युद्धको विषयमा विवाद चर्किएपछि यस्तो निर्णय गरिएको हो।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो निर्णय रक्षा मन्त्री पिट हेगसेथ को निर्देशनमा गरिएको हो। सैनिक फिर्ता प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुने जनाइएको छ।

हाल जर्मनीमा करिब ३६ हजार अमेरिकी सैनिक तैनाथ छन्, जुन युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति हो। ट्रम्पले यसअघि इटाली र स्पेनबाट समेत सैनिक फिर्ता गर्ने संकेत दिएका छन्।

जर्मनीका चान्सलर मर्जले अमेरिकासँग स्पष्ट रणनीति नभएको टिप्पणी गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत उनको कडा आलोचना गरेका थिए।

 

तपाईको प्रतिक्रिया