समाज
पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु
बिहीबार चैत २६, २०८२/ Thursday 04-09-26
काठमाडौं । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसरमा भएको चक्कु प्रहारमा गम्भीर घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ रहेका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न सञ्जीव नेपालीले उनीहरूमाथि चक्कु प्रहार गरेका हुन्। घटनापछि भाग्ने प्रयास गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया