शनिबार १९ बैशाख २०८३
समाज

बल्खुमा भत्काइएका मन्दिर–गुम्बा प्राचीन नभएको पुरातत्व विभाग को स्पष्टिकरण

शनिबार बैशाख १९, २०८३/ Saturday 05-02-26

काठमाडौं। पुरातत्व विभाग ले बल्खु क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा भत्काइएका मन्दिर तथा गुम्बा प्राचीन महत्वका नभएको स्पष्ट पारेको छ ।

महानिर्देशक सौभाग्य प्रधानाङ्ग का अनुसार ती संरचना नयाँ र निजी स्वामित्वका भएकाले संरक्षण आवश्यक नदेखिएको हो। विभागले १०० वर्षभन्दा पुराना ऐतिहासिक तथा सांस्कृतिक महत्वका संरचनामात्र संरक्षण गर्ने जनाएको छ ।

स्थलगत अवलोकनका क्रममा भेटिएका मूर्ति र संरचनामा पुरातात्त्विक महत्व नभेटिएको विभागको निष्कर्ष छ । पछिल्लो समय बस्ती विस्तारसँगै पहिचान वा स्वामित्व दाबीका लागि नयाँ धार्मिक संरचना बनाउने प्रवृत्ति बढेको पनि विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया