शनिबार १९ बैशाख २०८३
राजनीति

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

शनिबार बैशाख १९, २०८३/ Saturday 05-02-26

काठमाडौं।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच शनिबार काठमाडौंमा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी हित तथा आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। गोरले नेपालको नयाँ सरकारप्रति सकारात्मक धारणा व्यक्त गर्दै सुधारका प्रयासहरू आशालाग्दा रहेको बताएका छन्।

उनले नेपालसँग सहकार्यलाई थप सशक्त बनाउँदै आगामी दिनमा नजिकबाट काम गर्न अमेरिका तयार रहेको पनि उल्लेख गरेका छन्।

यसअघि काठमाडौं आगमनपछि गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग समेत शिष्टाचार भेट गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया