शनिबार १९ बैशाख २०८३
राजनीति

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

बिहीबार चैत २६, २०८२/ Thursday 04-09-26

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मरिससको राजधानी लुइसमा आयोजना हुन लागेको नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनी भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन्।

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ भन्ने मूल विषयमा केन्द्रित यो सम्मेलन चैत २७ र २८ गते सञ्चालन हुनेछ। कार्यक्रम मरिसस सरकारको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो।

सम्मेलनमा मन्त्री खनालले नेपालको तर्फबाट आधिकारिक धारणा प्रस्तुत गर्नेछन्। उनले विशेष गरी हिन्द महासागर क्षेत्रको शासन व्यवस्था, पहाडी क्षेत्र र समुद्री पारिस्थितिकीबीचको सम्बन्ध, साथै आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वबारे नेपालको दृष्टिकोण राख्नेछन्।

कार्यक्रमका क्रममा उनले विभिन्न देशका परराष्ट्र मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिहरूसँग द्विपक्षीय भेटघाट पनि गर्नेछन्। मन्त्री खनाल चैत ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया