राजनीति
राष्ट्रपति पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
शुक्रबार चैत २७, २०८२/ Friday 04-10-26
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था गरिएको छ।
यसैबीच, आज रातिदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने जनाइएको छ।
तपाईको प्रतिक्रिया