शनिबार १९ बैशाख २०८३
राजनीति

अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबादमा

शनिबार चैत २८, २०८२/ Saturday 04-11-26

काठमाडौं। इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँग हुने शान्ति वार्ताका लागि इस्लामाबाद पुगेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकासँगको सम्भावित वार्तालाई लक्षित गर्दै उक्त टोली इस्लामाबाद अवतरण गरेको हो। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत प्रतिनिधिमण्डल आगमनको पुष्टि गरेको छ। स्थानीय सञ्चारमाध्यमले नूर खान अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको औपचारिक स्वागत गरिएको जनाएको छ।

प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिक, सेना प्रमुख सैयद आसिम मुनीर र गृहमन्त्री मोहसिन रजा नक्वीसमेत सहभागी थिए।

इरानको सरकारी टेलिभिजनको टेलिग्राम च्यानलका अनुसार प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन्। टोलीमा विदेशमन्त्री अब्बास अराघची, राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासिर हेम्मती लगायत अन्य उच्च अधिकारीहरू पनि सहभागी रहेका छन्।

 

तपाईको प्रतिक्रिया