बिहीबार १० बैशाख २०८३
राजनीति

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा स्थगित गरे संसद् अधिवेशन

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

काठमाडौँ । रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार वैशाख १७ गतेका लागि तय गरिएको सङ्घीय संसद् को अधिवेशन स्थगित गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सरकारको अनुरोधपछि अधिवेशन रोक्ने निर्णय गरिएको हो। यसअघि मन्त्रिपरिषद्को सिफारिसमा नै वैशाख ९ गते अधिवेशन आह्वान गरिएको थियो।

तर, वैशाख १० गते सरकारले अधिवेशन स्थगित गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। उक्त पत्रमा अधिवेशन पुनः कहिले बोलाइने भन्नेबारे भने कुनै मिति उल्लेख गरिएको छैन।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने सूचना जारी गरेका थिए। पछिल्लो पत्रमा भने विशेष कारण देखाउँदै अधिवेशन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया