गरिमा विकास बैंकले पायो गुणस्तर र सूचना सुरक्षामा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दुई अन्तर्राष्ट्रिय आईएसओ (ISO) प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाहका लागि ISO 9001:2015 तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि ISO 27001:2022 प्रमाणपत्र हासिल गरेको हो।
यी प्रमाणपत्रसँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा पर्न सफल भएको बैंकले जनाएको छ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षामा अझ प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
गरिमा विकास बैंकले नेपालभर १२६ शाखा कार्यालयमार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित तथा विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
तपाईको प्रतिक्रिया