शुक्रबार ११ बैशाख २०८३
राजनीति

सेयर बजार चलखेल प्रकरणमा शेखर गोल्छा पक्राउ

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

काठमाडौं । उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तर्गतका कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

प्रतिवेदनमा बीमा कम्पनीहरूको फन्ड प्रयोग गरी सेयर बजारमा चलखेल गरिएको उल्लेख छ। विवादित व्यवसायी दीपक भट्टले सस्तोमा सेयर खरिद गरी मूल्य बढाएर बीमा कम्पनीलाई बेच्ने गरेको देखिएको छ।

यस प्रकरणमा भट्ट र भृकुटी स्टक ब्रोकिङका सीईओ सन्दीप चाचान मुख्य आरोपी रहेको बताइएको छ। भट्ट यसअघि नै पक्राउ परिसकेका छन् भने चाचान फरार छन्।

शेखर गोल्छासहित केही व्यक्ति तथा कम्पनीहरूले उक्त गतिविधिमा सहयोगी भूमिका खेलेको पनि अनुसन्धानले देखाएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया