काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार व्यक्तिगत भ्रमणका क्रममा पोखरा आइपुगेका छन्। उनको आगमनको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो।
समर्थकहरूले राष्ट्रिय झण्डा फहराउँदै उनको पक्षमा नाराबाजी गरेका थिए। स्थानीय बासिन्दाले पञ्चेबाजा, पुष्पगुच्छा तथा पारम्परिक स्वागतका साथ पूर्वराजालाई अभिनन्दन गरेका छन्।
पोखरा बसाइँका क्रममा शाहले केही दिन विभिन्न धार्मिक स्थलको भ्रमण गर्नुका साथै स्थानीय नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यद्यपि भ्रमणलाई व्यक्तिगत भनिएको भए पनि स्थानीय स्तरमा यसको व्यापक चर्चा भइरहेको छ। पोखराको पर्यटन अवस्था र समसामयिक राजनीतिक परिवेशका बीच उनको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया