धनुषा । मधेश प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि औपचारिक रूपमा अन्त्य हुने भएको छ।
मधेश प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, मन्त्रिपरिषद्को सिफारिसका आधारमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण ले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
यसअघि वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
तपाईको प्रतिक्रिया