शुक्रबार ११ बैशाख २०८३
खेलकुद

आईपीएल क्रिकेटमा चेन्नईद्वारा मुम्बई १०३ रनले पराजित

शुक्रबार बैशाख ११, २०८३/ Friday 04-24-26

काठमाडौं ।  इन्डियन प्रिमियर लिग क्रिकेटअन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १०३ रनले पराजित गरेको छ।

मुम्बईको वानखेडे मैदानमा २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमै १०४ रनमा अलआउट भयो। मुम्बईका तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३५ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

चेन्नईका अकिल होसिनले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। चेन्नईका सञ्जु सामसनले अविजित १०१ रनको शतकीय पारी खेले। मुम्बईका अल्लाह मोहम्मद गजनफर र आश्विन कुमारले समान २–२ विकेट लिए।

यस जितसँगै चेन्नई अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने मुम्बई आठौँ स्थानमा यथावत् छ। दुई सफल टोलीबीचको प्रतिस्पर्धा भएकाले खेल सुरुदेखि नै रोमाञ्चक बनेको थियो।

प्रतियोगिताअन्तर्गत आज साँझ रोयल च्यालेन्जर्स बैंग्लुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ।

 

तपाईको प्रतिक्रिया