काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका बासिन्दा यतिबेला एकातिर आफ्नो सामान अन्यत्र सारिरहेका छन् भने अर्कोतर्फ सरकारको निर्णयविरुद्ध आन्दोलन पनि जारी राखेका छन्।
सरकारले बस्तीका संरचना हटाउने तयारी तीव्र बनाएपछि सुकुम्बासीहरू बाध्य भएर सामान स्थानान्तरण गर्न थालेका हुन्। प्रहरी प्रशासनले हिजो बेलुकादेखि नै माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरिरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा महानगरीय प्रहरीको संयुक्त टोलीले भोलि बिहान ६ बजेदेखि क्षेत्र खाली गरिने जानकारी दिएको छ।

तर, बस्ती हटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले उचित पुनर्स्थापनाको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

बासिन्दाहरूको भनाइमा वैकल्पिक व्यवस्था बिना जबर्जस्ती हटाइनु अन्यायपूर्ण भएको भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। अहिले थापाथली क्षेत्र तनावग्रस्त बनेको छ।

तपाईको प्रतिक्रिया