शुक्रबार ११ बैशाख २०८३
राजनीति

कांग्रेस संसदीय दल नेताको निर्वाचन स्थगित

शुक्रबार बैशाख ११, २०८३/ Friday 04-24-26

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज तय गरिएको निर्वाचन स्थगित गरिएको छ।

निर्वाचन समितिका सदस्य मुना भुसालका अनुसार नयाँ मिति अझै निर्धारण गरिएको छैन। दलको नेता सहमतिमार्फत चयन गर्ने उद्देश्यले उपसभापति विश्व प्रकाश शर्मा को संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, संयोजक प्रकाश, सदस्य मुना भुसाल र अर्का सदस्य राजु कटुवाल रहेका छन्।

समिति गठनसँगै अब निर्वाचन गर्ने वा सहमतिमै नेतृत्व चयन गर्ने भन्ने विषयमा केही समयमै आधिकारिक जानकारी सार्वजनिक गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया