काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको निर्णयअनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।
नवनियुक्त अध्यक्ष पाण्डेय निजामती सेवामा २५ वर्षदेखि कार्यरत रहेका छन्। आर्थिक क्षेत्रसहित विभिन्न सरकारी निकायमा काम गरेको अनुभवसमेत रहेको बैंकले जनाएको छ।
सोमबार (जेठ २५) बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए।
तपाईको प्रतिक्रिया