मंगलबार २६ जेठ २०८३
राजनीति

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

सोमबार जेठ २५, २०८३/ Monday 06-08-26

काठमाडौँ । विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

सोमबारको बैठकमा विपक्षी सांसदहरूले कार्यसूची अघि बढ्न नदिएपछि सुरुमा १५ मिनेटका लागि बैठक रोकिएको थियो। त्यसपछि सहमति जुट्न नसकेपछि संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठक भोलिसम्मका लागि स्थगित भएको जनाएको हो।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनाअनुसार प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका छन्। उनीहरूले उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उपस्थित भएर माफी माग्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

यस विषयमा सत्ता पक्ष र विपक्षबीच सहमति नजुटेपछि संसद्को नियमित कार्यसूची प्रभावित बनेको छ।

तपाईको प्रतिक्रिया