काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट देखिएको छ। सोमबार (जेठ २५) नेप्से परिसूचक २०.२७ अंकले घट्दै २७३५.१४ विन्दुमा झरेको हो।
बजार घटेसँगै धेरैजसो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। कुल ४३ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
यस दिन कुल चार अर्ब आठ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटक खरिद–बिक्री भएको विवरण सार्वजनिक गरिएको छ।
कारोबारका आधारमा कालिञ्चोक हाइड्रोपावर, क्रेस्ट माइक्रोलाइफ, सोपान फर्मास्युटिकल्स, सामुदायिक लघुवित्त र सिभिल बैंक लगायत कम्पनीहरू बढी लाभमा रहेका छन्।
समूहगत सूचकतर्फ वित्त समूह मात्र ०.२६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहमा गिरावट देखिएको नेप्सेले जनाएको छ।
तपाईको प्रतिक्रिया