धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति
काठमाडौं । राष्ट्रवादी र राजावादी शक्तिलाई एउटै मोर्चामा ल्याउने उद्देश्यसहित दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियान र राप्रपाका पूर्व महामन्त्री धवलशमशेर राणाको समूहबीच औपचारिक एकता भएको छ।
दुवै पक्षले राष्ट्रवाद, सनातन हिन्दु अधिराज्य र राष्ट्रिय एकताको एजेन्डामा सहकार्य गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। उनीहरूले परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा नयाँ शक्ति अघि सार्ने र राष्ट्रवादको मुद्दालाई थप सशक्त बनाउने बताएका छन्।
एकता घोषणासँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्ने, सनातन हिन्दु अधिराज्य पुनर्स्थापना गर्ने तथा दोहोरो नागरिकताको व्यवस्था सहित ‘एकपटकको नेपाली सधैंको नेपाली’ अवधारणा लागू गर्ने लक्ष्य सार्वजनिक गरिएको छ।
यद्यपि, दुवै समूहबीच एकतासम्बन्धी सहमति भइसके पनि गठन हुन लागेको नयाँ राजनीतिक दलको नाम भने हालसम्म टुंगो लागेको छैन।
तपाईको प्रतिक्रिया