काभ्रेपलाञ्चोक। दिउँसो परेको वर्षाका कारण बीपी राजमार्गमा जोखिम बढेपछि आवागमन बन्द गरिएको छ। नमोबुद्धको कटुञ्जेदेखि रोशीको मङ्गलटार खण्ड शनिबार दिउँसोदेखि बन्द गरिएको प्रहरीले जनाएको छ।
रोशी खोलामा आएको बाढीका कारण सम्भावित दुर्घटना रोक्न यस्तो निर्णय गरिएको हो। अर्को सूचना नआएसम्म उक्त सडकखण्ड प्रयोग नगर्न आग्रह गरिएको छ।
यसअघि पनि बाढीपहिरोले सडक बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। हाल सडक मर्मत तथा निर्माण कार्य जारी रहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया