भक्तपुर। भक्तपुरको मनोहरा खोला किनारमा रहेका सुकुमवासी बस्तीका अनधिकृत घरटहरा हटाउने कार्य सुरु गरिएको छ।
आइतबार बिहानैदेखि करिब १ हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरी संरचना हटाउन थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार बासिन्दालाई आफैं घरटहरा हटाउन बिहान ९ बजेसम्मको समय दिइएको थियो। निर्धारित समयपछि काठमाडौं महानगरपालिकाको डोजर टोली परिचालन भएसँगै भत्काउने काम अघि बढाइएको हो।
उक्त बस्तीमा करिब ७७७ घरटहरा रहेको बताइएको छ। यसअघि शनिबार साँझ पनि सात वटा पक्की घर भत्काइएको थियो। त्यस क्रममा सुकुमवासी र सुरक्षाकर्मीबीच झडप हुँदा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।
तपाईको प्रतिक्रिया