बिश्वो
वासिङटनमा रात्रिभोजमा गोली, ट्रम्पसहित सबै नेता सुरक्षित
आइतबार बैशाख १३, २०८३/ Sunday 04-26-26
अमेरिका। अमेरिकामा आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका क्रममा वासिङटनस्थित होटलमा गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित शीर्ष नेताहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।
प्रारम्भिक जानकारीअनुसार राष्ट्रपति, उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का सदस्यहरू सबै सकुशल छन्। सुरक्षा निकायले चेतावनी दिएपछि एक शंकास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ।
घटनापछि कार्यक्रमस्थल खाली गराई सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रत्यक्षदर्शीका अनुसार ५–८ राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो।
तपाईको प्रतिक्रिया