आइतबार १३ बैशाख २०८३
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

आइतबार बैशाख १३, २०८३/ Sunday 04-26-26

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने तय भएको छ।

सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ का अनुसार बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा सभापति गगन थापाले सहमतिका आधारमा संसदीय दलको नेता चयनका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

कार्यसम्पादन समितिको बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग थप छलफल गर्ने तयारी गरिएको छ।

सभापतिले पेश गर्ने प्रस्तावअनुसार संसदीय दलको विधानको धारा ५ बमोजिम दलको नेता चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइने बताइएको छ।

यसअघि सहमतिमै नेता चयन गर्ने प्रयासस्वरूप शुक्रबार तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।

तपाईको प्रतिक्रिया