आइतबार १३ बैशाख २०८३
समाज

मनोहरा किनारमा आज फेरि डोजर, सुरक्षा सतर्कता बढाइयो

आइतबार बैशाख १३, २०८३/ Sunday 04-26-26

भक्तपुर। भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुम्बासी बस्ती हटाउन आज पुनः डोजर चलाइने भएको छ। सम्भावित विरोधलाई ध्यानमा राख्दै बिहानैदेखि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसअघि शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि स्थानीय बासिन्दाले ढुंगामुढा गरेका थिए। उक्त झडपका क्रममा केही प्रहरीसमेत घाइते भएका थिए। स्थिति तनावपूर्ण बनेपछि डोजरसहितको टोली फर्किएको थियो।

प्रहरी र प्रशासनको टोलीले गैह्रीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराएपछि साँझ मनोहरा नदी किनारतर्फ अघि बढेको थियो। तर स्थानीयको कडा प्रतिकारपछि त्यहाँको अभियान अधुरै रोकिएको थियो।

सरकारले भने आज जसरी भए पनि उक्त क्षेत्र खाली गराउने तयारी गरेको जनाएको छ। सम्भावित झडप रोक्न सुरक्षाकर्मी उच्च सतर्कतामा राखिएको छ भने स्थानीयमा त्रास र तनावको अवस्था कायम रहेको छ।

 

तपाईको प्रतिक्रिया