आइतबार १३ बैशाख २०८३
खेलकुद

त्रिवि क्रिकेट रंगशाला खाली गर्न क्यानलाई ३५ दिनको अल्टिमेटम

आइतबार बैशाख १३, २०८३/ Sunday 04-26-26

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परिसरभित्रको क्रिकेट रंगशालासहित अतिक्रमित जग्गा खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। यसअन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) लाई पनि पत्र पठाइएको छ, जससँगको सम्झौता वैशाख मसान्तमा सकिँदैछ।

त्रिविले १८ वटा संघ–संस्थालाई जग्गा खाली गर्न निर्देशन दिएको छ भने यसपटक क्यानसँग सम्झौता नवीकरण नगर्ने संकेत गरेको छ। क्यानले भने सम्झौता थप गर्न सरकारमार्फत पहल गर्ने निर्णय गरेको जनाएको छ।

त्रिवि मैदान खाली गर्ने निर्णयपछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अन्योलमा परेको छ। साथै, कीर्तिपुर क्षेत्रमा करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया