बिश्वो
मालीमा चर्कियो हिंसा: रक्षा मन्त्री क्यामारा आक्रमणमा मारिए
आइतबार बैशाख १३, २०८३/ Sunday 04-26-26
माली। मालीका रक्षा मन्त्री साडियो क्यामारा संयुक्त आक्रमणमा परी मारिएका छन्। राजधानी बामाको नजिक कातीस्थित कडा सुरक्षायुक्त सैनिक सहरमा रहेको उनको निवासमा आत्मघाती कार बम आक्रमण हुँदा उनको मृत्यु भएको हो।
अल–कायदा निकट समूह र तुआरेग विद्रोहीहरूले संयुक्त रूपमा आक्रमण गरेका हुन्। सोही क्रममा बामाको, गाओ, किडाल र सेभारेलगायत स्थानहरूमा पनि सशस्त्र आक्रमण र विस्फोट भएका छन्, जसका कारण देशभर सुरक्षा अवस्था तनावग्रस्त बनेको छ।
सन् २०२० र २०२१ का सैनिक कूपछि बनेको सरकारका प्रमुख पात्र क्यामारा प्रभावशाली नेता मानिन्थे र सम्भावित भावी नेताका रूपमा हेरिँदै आएका थिए। आक्रमणका बेला अन्तरिम राष्ट्रपति आसिमी गोइटा भने सुरक्षित रहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया